आफुलाई चिनाउँदै वैरागीले भने ‘म जनताको घरदैलोमा पुग्ने नेता’
पाेखरा | असोज २९, २०७९
पोखरा : कास्की क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्य उम्मेदवार दामोदर बैरागीले आसन्न निर्वाचनमा होमिएका उम्मेदवाहरुलाई चुनावी आमसभामा भन्दा जनताको घरदैलोमा हेर्न खोजको बताएका छन् ।
नेकपा एमालेले कास्की क्षेत्र नम्बर ३ ले आयोजना गरेको उम्मेदवारी परिचय कार्यक्रममा आफुलाई चिनाउँदै वैरागीले चुनावी सभा–सम्मेलन भन्दा आफुले जनताको दैलो चाहार्ने उल्लेख गरे ।
‘जनताको समस्या बुझ्न चुनावी आमसभा होइन, जनताको घरदैलोमा पुग्न आवश्यक छ’ उनले भने,‘ ठुलाठुला सभा सम्मेलनमा गरेर जनतालाई दुःख दिन आवश्यक छैन अब यसलाई परिवर्तन गदैै जनताको समस्या बुझ्न र समाधान गर्न जनताको घरदैलोमा नेताहरु पुग्न आवश्यक छ ।’
उम्मेदवार बैरागीले अबको निर्वाचनमा नेकपा एमालेले गर्ने प्रतिवद्धतामा स्थानीय जनताको साझा समस्यालाई प्राथमिकता दिन माग गरे ।
‘ठुलाठुला सपना बाँड्न छोडौं’ उनले भने, ‘कृषि, पुर्वाधार विकास, पर्यटन, शिक्षा, रोजगार, उर्जा र सामाजिक सुरक्षा लगायतको विषयलार्य यस क्षेत्रको प्रतिवद्धता पत्रमा प्राथमिकता राखौं ।’
कार्यक्रममा वैरागीले कृषि, पर्यटनलाई प्राथमिकता दिन आवश्यक रहेको भन्दै आवश्यक पूर्वाधार निर्माणमा आफुले जोड दिने भनाई राखे ।
प्रदेश सभा सदस्य क्षेत्र नम्बर ३ (क) का उम्मेदवार राजीव पहारीले विपक्ष दलहरुले जनतामाझ एमालेविरुद्ध तथ्यहीन खबर फैलाएको उल्लेख गरे ।

‘विपक्षी दलहरुले नेकपा एमालेविरुद्ध तथ्यहीन खबर फैलाइरहेका छन्, उनले भने, ‘हामीले झण्डै साढे तीन वर्षमा गरेका विकासका पुर्वाधारहरुको सुचीकृत गरेर विपक्षीले फैलाएको खबरलाई चिर्न आवश्इक छ ।
सोहीक्रममा पहारीले जनताको घरदैलोमै पुगेर यसबार स्पष्ट पार्न पार्टीपंक्तिलाई अनुरोध गरे ।
एमालेककै अगुवाईमा पोखरा रंगशाला र पोखरा एयरपोर्ट बनेको दाबी गर्दै साढे ३ वर्षमा विकासका पुर्वाधारहरुको सुचीकृत गर्न उम्मेदवार पहारीले सुझाव दिए ।
उनले स्थानीय निर्वाचनमा पराजय भोग्नुको पछाडि विपक्षी दलहरुले फैलाएको प्रोपोगण्डालाई कारक मानेका छन् ।
‘केही आन्तरिक समस्या हामीमाझ थियो तर विपक्षीले अफवाह फैलाएर स्थानीय निर्वाचनमा हावी भए’ पहारीले भने ।
परिचयात्मक कार्यक्रममा प्रदेश सभा (ख)का उम्मेदवार गणेशमान गुरुङ भने अनुपस्थित रहे ।
पोखरा - नेपाल पत्रकार महासंघ कास्की शाखाले आफ्नो स्थापनाको ५० औँ वर्ष (स्वर्ण जयन्ती) लाई वर्षभरि नै विविध कार्यक्रमका साथ मनाउने घोषणा गरेको छ । नेपाल पत्रकार महासंघ, कास्कीले बु...
पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ। पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...
राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्। चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...

